मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २२ आइतबार ११:०५:००
Read Time : < 1 मिनेट
साहित्य

बारुदमाथि उड्दा लोकार्पण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २२ आइतबार ११:०५:००

अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक पुस्तक ‘बारुदमाथि उड्दा’ शनिबार लोकार्पण भएको छ । थापाकी आमा सूर्यकुमारी र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पुस्तक लोकार्पण गरे । 

क्याप्टेन थापाले पुस्तकमा सशस्त्र द्वन्द्वकालमा माओवादी लडाकु र सुरक्षाफौजले भन्दा बेग्लै कोणबाट देखेको र अनुभव गरेको बताए । उनले भने, ‘म मृत्युलाई जितेर यहाँसम्म आए पनि मसँगैका साथीहरूको मृत्युवरणले दुःखी छु ।’ थापाले द्वन्द्वकालमा उनको सुरक्षाका लागि खटिएका प्रहरी हवल्दार स्वर्गीय रवीन शाहकी छोरीको उच्च शिक्षाका लागि सहयोग गरे । शाहकी श्रीमती बीनालाई उनले दुई लाखको चेक हस्तान्तरण गरे ।

सुरक्षामा खटिएका अर्का प्रहरी हवल्दार स्वर्गीय मेघराज पौडेलको परिवार अझै पत्ता लाग्न सकेको छैन । पत्ता लागेमा उनको परिवारलाई सहयोग गर्ने थापाले घोषणा गरे । कार्यक्रममा १० वर्षे सशस्त्र द्वन्द्वकालमा क्याप्टेन थापाले गरेका उद्धार कार्यको भिडियो पनि देखाइएको थियो । 

कार्यक्रममा बोल्दै पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले किताब आफ्नै जीवनसँग मेल खाएको बताए । क्याप्टेन थापा साहसिक र निडर व्यक्ति भएको उनले बताए । पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले पुस्तक यथार्थपरक भएको बताए ।