मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २२ आइतबार ११:०५:००
Read Time : < 1 मिनेट
साहित्य

नलेखेका गाथा र आगोको वर्णमाला सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २२ आइतबार ११:०५:००

काठमाडौंमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा प्रदीप वालाचनको संस्मरण ‘नलेखिएका गाथाहरू’ र जीवन खत्रीको कवितासंग्रह ‘आगोको वर्णमाला’ सार्वजनिक गरियो । प्रदीपको यो चौथो कृति हो भने जीवनको पहिलो हो ।

प्रदीपको पुस्तक पूर्वसभामुख ओनसरी घर्ती, लेखक बलराम तिमिल्सिना ‘विप्लव’ र सरल सहयात्रीले विमोचन गरे । पुस्तकमा जनयुद्धका क्रममा लडेका युद्धको संस्मरण समेटिएको छ । प्रदीप वालाचन तत्कालीन नेकपा माओवादीको सैन्य विभागमा थिए । पुस्तकमा उनले २६ वटा युद्धका सम्झना समेटेका छन् ।

कार्यक्रममा बोल्दै पूर्वसभामुख घर्तीले पुस्तक तत्कालीन जनयुद्ध बुझ्ने एउटा माध्यम हुने बताइन् । त्यस्तै, प्रदीपका जनयुद्धका सहकर्मी तथा लेखक बलराम तिमल्सिनाले युद्ध संस्मरणलाई जस्ताको त्यस्तै लेखिएकाले रुचिपूर्ण भएको बताए । तर, जनयुद्धपछिका संस्मरण पनि लेख्ने हिम्मत गर्नुपर्ने उनको सुझाब थियो । अर्का वक्ता सरल सहयात्रीले पुस्तकले आफूलाई युद्धकालीन दिनहरूमा पु-याएको बताए । पुस्तकको वितरक थेबा बुक्स हो ।

उता, सर्वनाममा भएको कार्यक्रममा कवि तुलसी दिवस, मोमिला, पत्रकार दीपक सापकोटा र विमल आचार्यले जीवन खत्रीको कृति आगोको वर्णमालाको विमोचन गरे । कार्यक्रममा कवि तुलसी दिवसले जीवनका कवितामा पहाडका विम्बहरू आएको बताए । मोमिलाले कविताको माध्यमबाट कविले अँध्यारोको सौन्दर्य खोजेको बताइन् । 

 

लेखक तथा पत्रकार दीपक सापकोटाले जीवन कवि मात्र नभएर जीवनलाई नजिकबाट नियाल्ने निबन्धशिल्पसहितको लेखक पनि भएको बताए । किताबलाई युरेका पब्लिकेसनले बजारमा ल्याएको हो ।