मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३ मंगलबार १७:२७:००
Read Time : < 1 मिनेट
समाचार

तीन दिन भारी वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३ मंगलबार १७:२७:००

मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जुन १० देखि सेप्टेबर २६ सम्मको समयलाई मनसुनको अवधि भएकाले मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने मौसमविद मञ्जु बासीले बताइन् । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशको पूर्वी तथा मध्यपहाडी  भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।  चुरेबाट बहने नदीमा पानीको बहाव आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासको बस्तीलाई सर्तक रहन आग्रह गरिएको छ । सडक यातायातमा पहिरो भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ । 

राति देशभर सामान्यतया बदली रहि मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि देशका धेरै स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको पहाडी भूभागको एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।