मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ता कमली
२०७५ पौष २२ आइतबार १०:५७:००
Read Time : > 1 मिनेट
सप्तरंग

भुजेल भाषाको पहिलो चलचित्र 'हामी भुजेल' प्रदर्शन

Read Time : > 1 मिनेट
शान्ता कमली
२०७५ पौष २२ आइतबार १०:५७:००

लमजुङको बेंसीसहर नगरपालिका ८ शेराबजारमा रहेको एक मात्र अन्नपुर्ण चलचित्र हलमा भुजेल भाषाको पहिलो चलचित्र नि–प्हुगाल अर्थात हामी भुजेल प्रदर्शन भएको छ । भुजेल समुदायको हराउँदै गएको भेषभुषा, भाषा संस्कृति तथा रितिरिवाजको जर्गेना गर्नका लागि भुजेल भाषामा आधारित हामी भुजेल शनिबार प्रदर्शन गरिएको भुजेल विद्यार्थी मञ्च लमजुङका अध्यक्ष हरिचन्द्र भुजेलले बताए ।

उक्त चलचित्रको गण्डकी प्रदेशका सासंद धनञ्जय दवाडीले उद्घाटन गरे । उनले भुजेल भाषाको चलचित्रले भुजेल समुदायको संस्कार संस्कृतिको जर्गेना गर्नका लागि मदत पुग्ने बताए । चलचित्रले भावी पुस्तामा आफ्ना जातजातिको परम्परागत रितिरिवाज थाहा पाउने र उनीहरुलाई समेत आफ्नो परम्परा धान्न उत्पेरित गराउँने भएकाले यस चलचित्र निकै महत्वपुर्ण रहेको सांसद दवाडीले बताए ।

भुजेल समुदायको भाषा संस्कार संस्कृति जोगाउनलाई भुजेल भाषामा चलचित्र निर्माण गरी प्रदर्शन गरिएको निर्माण युनिटको भनाई छ । भुजेल समुदायको लोपहुँदै गएको सस्कृति ,बासको चोयाबाट डोको नाङ्लो बुन्ने चलन हराउँदै जानु, गरिब, युवापुस्ताले ख्याल नगर्दा भाषाको संरक्षण गर्न चुनौती लगायतका बिषयबस्तुलाई चलचित्रमा उतार्न खोजिएको पाईन्छ ।

भुजेल समुदायको पेसा बासको चोयाबाट डोको नाङ्लो बुनेर जिविका चलाउँने पुख्यौली पेसाबाट अहिले पनि जिविका चलाउन सक्ने सन्देश दिएको यस चलचित्रकी नायिका पुजा भुजेलले बताईन् । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर आदीमुल तनहुँ, कास्कीकोट पोखरा लगायतका ठाउँमा चलचित्रको छायाँकन गरिएको थियो ।

करिब ४६ दिनमा छायाँकन सकिएपछि नेपालकै पहिलो भुजेल भाषा ईतिहासकै पहिलो पटक २९ गते माघमा पोखरामा प्रदर्शन भएको यस चलचित्रका कथाकार कमल भुजेलले बताए । उनका अनुसार लमजुङमा पहिलो र नेपालकै चौथौपटक प्रदर्शन भएको हो । भुजेल समाज सेवा समिति नेपालका ७२ वटा जिल्लामा रहेकोले सबै जिल्लाहरुमा चलचित्र प्रदर्शन गरिने भएको छ ।

भुजेल समाज सेवा समिति केन्द्रिय र भुजेल चलचित्र संघ केन्द्रिय समितिको सक्रृयतामा भकारी इभेन्टस् प्रा.लीको ब्यानरमा हामी भुजेल चलचित्र बनेको छ । सेवानुङ फिल्मस् प्रालिको प्रस्तुती भुजेल भाषा र संस्कृतिमा आधारित पहिलो भुजेल कथानक चलचित्र रहेको छ ।

चलचित्र ३५ लाखमा निर्माण भएको हामी भुजेल चलचित्र युनिटले दाबी गरे । २ घण्टा ३५ मिनेट लामो भुजेल भाषाको चलचित्र नि–प्हुगाल अर्थात हामी भुजेललाई लमजुङे दर्शक तथा भुजेल समुदायले निकै रुचाए । चलचित्रमा पुजा भुजेल र भिम भुजेलको मुख्या अभिनय रहेको छ ।

त्यस्तै अन्य कलाकारहरु पार्वती भुजेल (मिनु) सचिन, पृथ्वी, लोकबहादुर, जुनु, अन्जली, कमल, कला, कविता, प्रतिक्षा, विज्ञान, जिबन, आषिक, बसुन्धरा, लाल बहादुर, रन्जु, बिष्णु, शोभा, सुरेन्द्र राज, भेष राज, कृष्ण, सागर, मनु र ज्ञानु भुजेल रहेका छन् । भुजेल समाज सेवा समिति केन्द्रिय र भुजेल चलचित्र संघ केन्द्रिय समितिले चलचित्र निर्माण गरेको हो । कार्यकारी निर्मातामा पोखराका कमल बहादुर भुजेल रहेका छन् ।

कथाकार लमजुङका कमल भुजेल हुन् भने, परिकल्पना रेशम भुजेल हुन् । पटकथा/संम्वाद कृष्ण कुमार गुरुङले गरेका छन् । त्यस्तै सह निर्माता पोखराकी कोपिला भुजेल हुन् । छायाँकन प्रकाश गुरुङ रहेको छ भने, मुख्य सह निर्देशक सोम गुरुङ तथा सह निर्देशक ज्ञानु भुजेल हुन् । संगीत, लेखक तथा निर्देशन कृष्ण कुमार गुरुङ हो । नृत्य निर्देशक पवित्रा भुजेलको रहेको छ । सर्वज्ञमान शाक्य, स्मृति शाही, पृथ्वी भुजेल रुची गौलीले चलचित्रमा रहेको गीतमा स्वर दिएका छन् ।