मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस वासिङ्टन
२०७६ भदौ ३ मंगलबार १४:४०:००
Read Time : < 1 मिनेट
विश्व

काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

Read Time : < 1 मिनेट
रासस वासिङ्टन
२०७६ भदौ ३ मंगलबार १४:४०:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग कुरा गरेको बताएका हुन् ।  उनले ट्वीटमा भनेका छन, ‘मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु ।’ 

व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि कुराकानी भएको ट्रम्पले उल्लेख गरेका छन् ।  

काश्मिर मामिलामा परिस्थिति नराम्रो भएपनि वार्ता निकै राम्रो भएको राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । भारत सरकारले ५ अगस्टमा संविधानको धारा ३७० खारेज गरेर जम्मु काश्मिरलाई दिइएको विशेष अधिकार समाप्त गरेको थियो । भारत सरकारले जम्मु काश्मिरलाई केन्द्र शासित प्रदेश तथा जम्मु काश्मिरबाट लद्दाख क्षेत्रलाई अलग गरी अर्को केन्द्र शासित प्रदेश बनाएको थियो । 

भारत सरकारको उक्त घोषणापछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ । विश्व समुदायले पनि सो विषयलाई चासोका साथ हेरेको छ ।