Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ भदौ ३ मंगलबार ०५:५३:००
Read Time : < 1 मिनेट
अर्थ

राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बेस्डरमा मिस नेपाल श्रेष्ठ 

Read Time : < 1 मिनेट
२०७६ भदौ ३ मंगलबार ०५:५३:००

राष्ट्रिय वाणिज्य बैंकले  मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बेस्डर  नियुक्त गरेको जनाएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले ब्रान्ड एम्बेस्डर नियुक्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

बैंकको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा व्यवसाय प्रवर्द्धन गर्न श्रेष्ठलाई ब्रान्ड एम्बेस्डरमा नियुक्ति गरिएको सिइओ श्रेष्ठले बताए । सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बेस्डर हुन पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिँदै मिस नेपाल २०१९ श्रेष्ठले बैंकको ब्रान्ड प्रवर्द्धनमा काम गर्ने बताइन् । बैंकले गत आव ०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।