Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २ सोमबार ०७:३२:००
Read Time : < 1 मिनेट
प्रदेश

फौजदारी संहिता लागू भएको वर्ष दिन पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २ सोमबार ०७:३२:००

फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले आइतबार विचार गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फौजदारी संहिता कार्यान्वयन गर्न नेपाल प्रहरी अभ्यस्त हुँदै गएको बताए । 

नयाँ कानुन निर्माण गर्ने क्रममा नेपाल प्रहरीले फड्को मारेको चर्चा गर्दै उनले राष्ट्रको निर्णय र प्रहरीलाई सुम्पिएको जिम्मेवारी इमानदारीपूर्वक सम्पन्न गर्न प्रहरी प्रतिबद्ध रहेको जनाए । प्रहरीको अनुसन्धान वस्तुनिष्ठ, वैज्ञानिक र प्रमाणमुखी हुनुपर्ने भन्दै उनले साधनस्रोतको अत्यधिक प्रयोग गरी महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए । राज्यले लिएको नीति र कानुनको प्रावधान परिपूर्ति गर्न नेपाल प्रहरी सरोकारवाला निकायसँग समन्वय गर्दै अगाडि बढ्ने आइजिपी खनालको भनाइ थियो । 

उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले संहिता कार्यान्वयनमा देखिएको प्रभावकारिता र चुनौतीबारे चर्चा गर्दै कानुनको विश्वव्यापी मान्यताअनुसार कालजयी परिवर्तन लिएर ठूलो उपलब्धिका साथ संहिता आएको उल्लेख गरे । नेपाल ल क्याम्पसका प्रमुख डा. डिएन पराजुलीले संहिताका प्रावधान कार्यान्वयनको प्रभावकारिता, त्यसमा खट्किएका पक्ष, कानुनी क्षेत्रमा हुने सुधारका विषयलगायत संहितामा आधारित पाठ्यक्रम परिवर्तन सम्बन्धमा चर्चा गरे । 

सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटा, संविधानविद् टीकाराम भट्टराई, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीलगायतले अपराध अनुसन्धानमा नेपाल प्रहरीले गुणात्मक फड्को मारिरहेको विचार व्यक्त गरेका थिए ।