मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ भदौ २ सोमबार ०७:०५:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुर क्यान्सर अस्पतालद्वारा छानबिन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ भदौ २ सोमबार ०७:०५:००

भक्तपुर क्यान्सर अस्पतालमा भएको आर्थिक अनियमितता सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन भएको छ । अस्पतालको नयाँ व्यवस्थापन समितिको आइतबार बसेको पहिलो बैठकले तत्कालीन व्यवस्थापन समितिले गरेको अनियमितताबारे छानबिन गर्न भक्तपुर–९ का वडाध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य रवीन्द्र ज्याख्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । 

सदस्यमा लेखा परीक्षक कृष्णगोविन्द लाखा र अधिवक्ता अनिता जधारी छन् । समितिले अस्पतालका कागजातको अध्ययन, कर्मचारी र सरोकारवालासँग परामर्श गरी एक महिनाभित्र व्यवस्थापनलाई प्रतिवेदन दिनेछ । बैठकले अस्पतालको बैंक खाता परिवर्तन गर्ने निर्णय गरेको वडाध्यक्ष ज्याख्यले जानकारी दिए । 

बैठकले बैंक खाता परिवर्तन र कर्मचारी व्यवस्थापनसम्मका निर्णय गरेको छ । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित अस्पतालमा पुरानो व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै नगरपालिकाले हस्तक्षेप गरी नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो ।

 सफाइ कर्मचारीको सम्झौता रद्द
अस्पतालको सरसफाइका लागि भरोसा सर्भिसेस प्रालिसँग भएको सम्झौता खारेज गरेको छ । सो कम्पनीले सरसफाइमा काम गर्ने कर्मचारीलाई तलबसमेत नदिने गरेको भन्ने गुनासो आएपछि सम्झौता रद्द गरी कार्यरत ३७ जनालाई अस्पतालले नै मासिक पारिश्रमिक भुक्तानी गर्ने निर्णय गरेको छ । तत्कालीन व्यवस्थापन समितिले भरोसासँग सम्झौता गरी आंशिक १७ जना, फुलटाइम १८ जना र सुपरभाइजर गरी ३६ जना सरसफाइ कर्मचारीलाई मासिक १८ हजार १४४ देखि २६ हजार २०८ रुपैयाँका दरले तलब दिँदै आएको थियो ।