मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २ सोमबार ०७:०३:००
Read Time : < 1 मिनेट
समाचार

झुटो उजुरी दिने भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २ सोमबार ०७:०३:००

१६ लाख रुपैयाँ लुटेको भन्दै झुटो उजुरी दिने भारतीय नागरिक २२ वर्षीय मनोजकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जम्मा गर्न दिएको रकम आफैँ लिने योजनासहित उनले १६ लाख रुपैयाँ लुटिएको झुटो उजुरी प्रहरीलाई दिएका थिए ।

उनले आइतबार दिउँसो न्युरोड क्षेत्रबाट १६ लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए । सूचना प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगेको थियो । यस क्रममा प्रहरीले न्युरोड क्षेत्रका सिसिटिभी फुटेज हेरेको थियो । तर, साहले भनेझैँ रकम लुटिएको नदेखिएपछि प्रहरीले अनुसन्धान उनीमाथि केन्द्रित गरेको थियो । 

अनुसन्धानका क्रममा प्रहरीले उनको कोठा खानतलासी गरेको थियो । कोठामा लुकाई राखेको अवस्थामा १६ लाख रुपैयाँ फेला पारेको थियो । यस क्रममा उनी तीन महिनादेखि गोयल कम्पनीमा ‘पेमेन्ट रिसिभर’ को काम गरेको खुलेको थियो । तर, उनले संकलन भएको रकम बैंकमा नराखी आफ्नै कोठामा लैजाने गर्थे । सोही रकम लिने प्रयोजनका क्रममा उनले प्रहरीलाई लुटिएको झुटो जाहेरी दिएका थिए ।