मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार २१:०८:००
Read Time : < 1 मिनेट
समाचार

नेकपामा नेताहरूको वरियता परिवर्तन, तेस्राे वरियतामा खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार २१:०८:००

नेकपा सचिवालयको आइतबार साँझ बसेको बैठकले दुई अध्यक्षपछिको दोश्रो वरियतामा वरिष्ठ नेता झलनाथ खनाल रहने निर्णय गरेको छ । बैठकले वरिष्ठ नेता माधव नेपाललाई खनालपछिकाे वरियतामा राख्ने निर्णय गरेको हाे । 

पछिल्लो समय नेकपाको वरियतामा खनालले आफूलाई तल पारिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । सचिवालयको बैठकपछि जानकारी दिँदै नेकपा प्रचार विभाग प्रमुख नारायण काजी श्रेष्ठले नेताहरुको वरियतासँगै सांगठानिक एकताका बाँकी विशेष क्षेत्र र जन वर्गीय संगठनका इन्चार्ज तोक्ने निर्णय गरेको जानकारी दिए । 

बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, पेशागत महासंघको इन्चार्जमा केशव नेपाल, उद्योगी व्यवसायी विशेष कमिटीको इन्चाजर्मा पार्वत गुरुङ, केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । बैठकले इन्चार्जसँगै विशेष कमिटी, जन वर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरूसमेत टुंगाे लगाएकाे छ । 

बैठकले यसअघि किसान संगठनको अध्यक्ष भएका नेता बामदेव गौतम संगठन विभाग प्रमुख बनेपछि अध्यक्षको जिम्मेवारी हेरफेर गरेको छ । बैठकले किसान संगठनको अध्यक्षको जिम्मेवारी हरि प्रसाद पराजुलीलाई दिने निर्णय गरेको छ । पराजुली यसअघि उपाध्यक्ष थिए ।