मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १९:३१:००
Read Time : < 1 मिनेट
समाचार

बानेश्वरमा 'दृष्‍टि आई केयर'काे शाखा विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १९:३१:००

काठमाडाैंस्थित बानेश्वरमा 'दृष्‍टि आई केयर हस्पिटल' संचालन भएको छ । 'आँखा बा'को नामले परिचित नेत्र रोग विशेषज्ञ प्रा. डा. रामप्रसाद पोखरेले एक समारोहबीच अस्पतालकाे उद्घाटन गरेका थिए ।

अस्पताल सञ्चालनमा अाएसँगै नेपालमा पहिलो पटक आँखाकाे 'ट्रमिनल' प्रविधिद्वारा पावार तथा फ्रेम परीक्षण हुने कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले जानकारी  दिए । आँखासम्बन्धी रोगको अत्यधुनिक प्रविधिको प्रयोग गरी सेवा दिने उद्देश्यले 'दृष्‍टि आई केयर सिस्टम'ले बि. स. २०७० सालमा झापाको बिर्तामोडमा मेची दृष्‍टि आँखा अस्पताल शुरु गरिएको थियो ।

झापामा अस्पताल संचालन भएको पाँच वर्षमा तीन लाख मानिसको आँखा परीक्षण गर्नुका साथै करिब ४० हजार जनाकाे सल्यक्रिया गरिसकेको छ । अस्पतालले ३० हजार बालबालिकाको निशूल्क आँखा परीक्षण गरेकाे थियाे । यस्तै पाँच सयभन्दा बढी स्वास्थ्य शिविर गरिसकेकाे छ । दृष्‍टि आई केयर समुहले कलंकी, चाबहिल, जमल, टोखा, बिर्तामोड, भद्रपुर, वीरगन्जमा आँखा अस्पतालकाे सुरू गरिसकेकाे छ ।