मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १७:४२:००
Read Time : < 1 मिनेट
विश्व

बम बिस्फोटमा परी अफगानिस्तानमा ९ जनाकाे मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १७:४२:००

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा विद्युती धराप बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त धरापमा मिनिबस परेको थियो ।

प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल रजाक क्वादिरीले बाल्ख प्रान्तको दलत अबाद जिल्लामा मिनिबसलाई लक्षित गरी भएको आक्रमणमा निर्दोष व्यक्ति मारिएको जानकारी दिए । मृतक र घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । घटनामा केही व्यक्ति गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने रजाकले बताए । उनले आक्रमणमा तालिवानकाे जिम्मेवार रहेको दाबी गरे ।

तालिवान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बिस्फोटबाट सामान्यतया सर्वसाधारणको मृत्यु बढी हुने गरेको छ । रासस