१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १७:१६:००
Read Time : < 1 मिनेट
विश्व

विश्वकै सबैभन्दा धनी परिवारकाे दैनिक कमाइ साढे १९ कराेड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १७:१६:००

विश्वमा सबैभन्दा धनी को ? भन्ने प्रश्न बाराम्बार चर्चाको विषय बन्दै आएको छ । तर, पारिवारिक रूपमा सबैभन्दा बढी आम्दानी गर्ने परिवारको कमाइ कति भन्ने खासै बाहिर आउने गरेको देखिदैन् ।

भारतीय मुकेश अम्बानी परिवारका बारेमा धेरै जानकारी बाहिर आए पनि अरूकाे खासै जानकारी भएकाे छैन । यस सम्बन्धमा 'ब्लूमबर्ग' पत्रिकाले थप अनुसन्धान गरी 'विश्वका धनी परिवार २०१९'को सूची तयार पारेको छ । पत्रिकाका अनुसार अम्बानीको परिवार ९ औँ धनी परिवार रहेकाे जनाएकाे छ ।

विश्वकै सबैभन्दा धनी परिवार को हो भन्ने बारे खासै चर्चा भएकाे पाइदैन् । यसबारे ब्लूमबर्ग पत्रिकाले 'बालमार्ट' कम्पनीका मालिक बाल्टन परिवार सबैभन्दा धनी भएको जनाएको छ । बालमार्टको आम्दानी विश्वको सबैभन्दा बढी रहेको छ । विश्वमा यस कम्पनीको ११ हजारभन्दा बढी स्टोर रहेको समाचारमा जनाएकाे छ । 

बालमार्ट कम्पनीको परिवारले हरेक घण्टा सवा ८१ लाख रूपैयाँ (७० हजार डलर) आम्दानी गर्दै आएको छ । यस हिसाबले हरेक दिन साढे १९ करोड आम्दानी हुन्छ । ब्लूमबर्गका अनुसार यस कम्पनीका मालिक बाल्टन परिवारको कुल सम्पती १९०.५ बिलियन डलर रहेको छ । एजेन्सी