१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १ आइतबार ०८:४६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

वरीयता नफेर्न माधव नेपालको चेतावनी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ १ आइतबार ०८:४६:००

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरूको मर्यादा हेरफेरसम्बन्धी एजेन्डा अचानक प्रवेश गराएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर त्यसो गरिए सचिवालय बैठकमा ‘काउन्टर’ एजेन्डा ल्याउने चेतावनीसमेत दिए । 

कोटेश्वरस्थित आफ्नै निवासमा शनिबार ‘प्रचण्ड’सँगको भेटमा नेपालले वरीयता तलमाथि गर्न खोजिए ‘एक व्यक्ति : एक जिम्मेवारी’को नीति अघि सार्ने बताएका हुन् । वरिष्ठ नेता झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी एजेन्डालाई साथ दिएर अध्यक्ष ओलीले आफूलाई सुनियोजित रूपमा किनारा लगाउन खोजेको नेपालको बुझाइ छ। 

शुक्रबारको बैठकमा वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरिएलगत्तै आफूमाथि अन्याय भएकाले खनालले वरीयताक्रम पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गरेका थिए । टुंगिसकेको मुद्दा उठाएर हेरफेरको कोसिस गरिए विधानमा व्यवस्था गरिएको एक व्यक्ति : एक जिम्मेवारी अध्यक्षबाटै लागू हुनुपर्ने माग राख्ने नेपालको तयारी छ । 

ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने गत पुसमा वामदेव गौतमले पूरक प्रस्ताव अघि सारेका थिए । एमाले धार कोअर्डिनेसन केन्द्र र नेकपा माले गठन हुँदादेखि नै खनालभन्दा आफू माथिल्लो कमिटीमा रहेर काम गरेको, माले–माक्र्सवादी एकतापछि आफ्नै प्रस्तावमा खनाल स्थायी समितिमा मनोनीत भएकाले उनीभन्दा वरिष्ठतामा अगाडि रहेको नेपालको दाबी छ । खनालले भने आफू निवर्तमान अध्यक्षको हैसियतमा नेपालभन्दा माथिल्लो वरीयतामा हुनु स्वाभाविक भएकाले पार्टी एकतापछि अन्याय भएको बताउँदै आएका छन् । 

प्रचण्ड र नेपालले शुक्रबारको निर्णय र एकता र कार्यविभाजनसम्बन्धी बाँकी एजेन्डामा केन्द्रित रहेर छलफल गरेको नेपाललाई उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले बताए । महासचिव विष्णु पौडेलले भने वरीयतासम्बन्धी विषयले एजेन्डाका रूपमा बैठकमा प्रवेशै नपाएको बताए । ‘जेएन कमरेडले बैठकमा वरीयता हेरफेरको कुरा उठाउनुभएको हो,’ महासचिव पौडेलले नयाँ पत्रिकासँग भने, ‘त्यस विषयमा कुनै छलफल भएको छैन, दुवै अध्यक्षले एजेन्डा नभएकाले अर्को बैठकमा छलफल गरौँला भन्नुभएको छ ।’

विभाग प्रमुख–उपप्रमुखलाई इन्चार्ज–सहइन्चार्ज नतोकिने
नेकपाले केन्द्रीय विभागका प्रमुख र उपप्रमुखबाहेकबाट जनसंगठनका इन्चार्ज र सहइन्चार्ज तोक्ने भएको छ । जनसंगठनका इन्चार्ज र सहइन्चार्जमा अवसर नपाएका केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोक्ने केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको हो । 

यो नीतिगत निर्णयअनुसार २२ जनसंगठनमा इन्चार्ज र सहइन्चार्ज तोकिँदा उपाध्यक्षमा प्रस्तावित वामदेव गौतमलाई पनि जुनियर केन्द्रीय सदस्यले नेतृत्व गर्नेछन् । गौतम अखिल नेपाल किसान महासंघमा अध्यक्ष छन् । त्यस्तै, यसअघि प्रचार तथा प्रकाशन विभाग प्रमुख र उपप्रमुखलाई नै इन्चार्ज र सहइन्चार्ज तोकिँदै आएको प्रेस सम्बद्ध जनसंगठनमा पनि नयाँ केन्द्रीय सदस्यहरूले जिम्मेवारी पाउनेछन् । 

शुक्रबारको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई विभागको प्रमुख र सूर्यबहादुर थापालाई उपप्रमुख तोकेको थियो । तर, सचिवालय सदस्यको हकमा भने उनीहरूले चाहँदा इन्चार्जको समेत जिम्मेवारी पाउने गरी पुनः अर्को निर्णयसमेत हुन सक्ने नेताहरूको दाबी छ । 

केन्द्रीय निकायबाहेक २२ जनसंगठन, भारत प्रवास कमिटी, भारतबाहेकका प्रवास कमिटीमा जिम्मेवारी बाँडफाँट, केन्द्रीय सम्पर्क समन्वय कमिटी र विशेष प्रदेश कमिटीको एकीकरण आइतबारको बैठकबाट टुंग्याउने नेकपाको तयारी छ । शनिबार डाकिएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको थियो ।

भुसालको चेतावनीपछि प्रमुखबाट नाम काटियो 

पार्टी स्कुल विभाग प्रमुख दाबी गर्दै आएका डा. बेदुराम भुसालले सुरक्षा विभाग प्रमुख बन्न अस्वीकार गरेका छन् । त्यही विभागको नेतृत्वसमेत गरेको अनुभवका आधारमा आफ्नो रुचि स्कुलमा रहेको जानकारी गराए पनि फरक विभागमा प्रस्ताव गरिएको भन्दै भुसालले जिम्मेवारी लिन अस्वीकार गरेका हुन् । भुसालले रुचिविपरीत जिम्मेवारी दिइए अस्वीकार गर्ने चेतावनी दिएपछि महासचिव विष्णु पौडेलले उनको नाम प्रस्तावित सूचीबाट अन्तिममा हटाइएको थियो ।

राष्ट्रिय सभा सांसदमा निर्णय भइसकेपछि अन्तिममा नाम हटाइएकाले उनलाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने दबाबमा नेकपा नेतृत्व छ । भुसाललाई स्कुल विभाग उपप्रमुख बनाउने तयारी छ । तर, उनले यसबारे आफूलाई जानकारी नभएको बताए । ‘मैले आफ्नो रुचि बताइसकेको छु, त्यसभन्दाबाहेक नयाँ कुनै जानकारी आएको छैन ’ भुसालले भने ।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरूको मर्यादा हेरफेरसम्बन्धी एजेन्डा अचानक प्रवेश गराएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर त्यसो गरिए सचिवालय बैठकमा ‘काउन्टर’ एजेन्डा ल्याउने चेतावनीसमेत दिए । 

कोटेश्वरस्थित आफ्नै निवासमा शनिबार प्रचण्डसँगको भेटमा नेपालले वरीयता तलमाथि गर्न खोजिए ‘एक व्यक्ति : एक जिम्मेवारी’को नीति अघि सार्ने बताएका छन् । वरिष्ठ नेता झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी एजेन्डालाई साथ दिएर अध्यक्ष ओलीले आफूलाई सुनियोजित रूपमा किनारा लगाउन खोजेको नेपालको बुझाइ छ । 

शुक्रबारको बैठकमा वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरिएलगत्तै आफूमाथि अन्याय भएकाले खनालले वरीयताक्रम पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गरेका थिए । टुंगिसकेको मुद्दा उठाएर हेरफेरको कोसिस गरिए विधानमा व्यवस्था गरिएको एक व्यक्ति : एक जिम्मेवारी अध्यक्षबाटै लागू हुनुपर्ने माग राख्ने नेपालको तयारी छ । 

कोटेश्वरस्थित आफ्नै निवासमा शनिबार प्रचण्डसँगको भेटमा नेपालले वरीयता तलमाथि गर्न खोजिए ‘एक व्यक्ति : एक जिम्मेवारी’को नीति अघि सार्ने बताएका छन् । वरिष्ठ नेता झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी एजेन्डालाई साथ दिएर अध्यक्ष ओलीले आफूलाई सुनियोजित रूपमा किनारा लगाउन खोजेको नेपालको बुझाइ छ ।

ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने गत पुसमा वामदेव गौतमले पूरक प्रस्ताव अघि सारेका थिए । एमाले धार कोअर्डिनेसन केन्द्र र नेकपा माले गठन हुँदादेखि नै खनालभन्दा आफू माथिल्लो कमिटीमा रहेर काम गरेको, माले–मार्क्सवादी एकतापछि आफ्नै प्रस्तावमा खनाल स्थायी समितिमा मनोनीत भएकाले उनीभन्दा वरिष्ठतामा अगाडि रहेको नेपालको दाबी छ । खनालले भने आफू निवर्तमान अध्यक्षको हैसियतमा नेपालभन्दा माथिल्लो वरीयतामा हुनु स्वाभाविक भएकाले पार्टी एकतापछि अन्याय भएको बताउँदै आएका छन् । 

प्रचण्ड र नेपालले शुक्रबारको निर्णय र एकता र कार्यविभाजनसम्बन्धी बाँकी एजेन्डामा केन्द्रित रहेर छलफल गरेको नेपाललाई उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले बताए । महासचिव विष्णु पौडेलले भने वरीयतासम्बन्धी विषयले एजेन्डाका रूपमा बैठकमा प्रवेशै नपाएको बताए । ‘जेएन कमरेडले बैठकमा वरीयता हेरफेरको कुरा उठाउनुभएको हो,’ महासचिव पौडेलले नयाँ पत्रिकासँग भने, ‘त्यस विषयमा कुनै छलफल भएको छैन ।’