१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी काश्मिर
२०७६ श्रावण ३२ शनिबार १६:४६:००
Read Time : < 1 मिनेट
विश्व

काश्मिरमा टेलिफोन सेवा आंशिक सुरू

Read Time : < 1 मिनेट
रासस/एएफपी काश्मिर
२०७६ श्रावण ३२ शनिबार १६:४६:००

भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई प्रशासनले आंशिक रूपमा खुला गरेको छ ।

काश्मिर उपत्यकामा अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाइन’ सेवा मात्र सञ्चालनमा ल्याइएको हो । जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवासहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ । 

प्रशासनले सो क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाइन आइतबार अपरान्हबाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ । अगस्ट ५ मा जम्मू–काश्मिरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छेद ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाल काटिएकोे थियो ।

जम्मु काश्मिरका  प्रहरी प्रमुख दिलबाग सिंहले प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको र केही सञ्चार सेवालाई सञ्चालनमा ल्याइएको बताए । सिंहका अनुसार आइतबार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्नेछन् ।