१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३० बिहीबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार

विदेशीसँग लिने हवाई भाडा घटाउने पर्यटनमन्त्रीको संकेत  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३० बिहीबार १९:१९:००

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिने भाडा दर घटाउने संकेत गरेका छन् । नागरिक उड्डयन प्राधिकरणले बिहीबार आयोजना गरेको 'एभियसन सेफ्टी रिपोर्ट २०१९' सार्वजनिक कार्यक्रममा उनले आन्तरिक उडानमा विदेशीलाई लिने भाडा दर घटाउने संकेत गरेका हुन् । 

आन्तरिक उडानमा विदेशीसँग लिने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिहरुबाट धेरै गुनासो आइरहेको भन्दै भट्टराईले त्यसबारे व्यवसायीहरुसँग परामर्श गरेर छिट्टै निर्णय गरिने बताए । चर्को हवाई भाडाले नेपालको पर्यटन उद्योगलाई घाटा वा नोक्सानी पुर्याएको छ कि भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले हवाई जहाजमा प्रयोग हुने इन्धनको मूल्य सम्बन्धमा पनि छलफल गरिने बताए । 

भट्टराईले सरकार र निजी क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै अलग्गै निकायका रुपमा नबुझ्न आग्रह गरे । सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले प्राधिकरणद्वारा सार्वजनिक एभियसन सेफ्टी रिपोर्ट २०१९ मा धेरै सकारात्मक संकेत देखिएको भन्दै आगामी दिनमा अझै राम्रो र सकारात्मक हुने आशा राखेको बताए ।