१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण ३० बिहीबार ०८:२९:००
Read Time : < 1 मिनेट
समाचार

अस्ताए माधवीका सर्जक मदन

Read Time : < 1 मिनेट
२०७६ श्रावण ३० बिहीबार ०८:२९:००

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ ।  उनको बिहीबार बिहान ४ बजे निवासमै निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उनले नेपाली साहित्य जगतलाई तीन दर्जन बढी कृति दिएका छन् । २०३९ सालमा  उनकाे  'माधवी’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो ।  

उनलाई नेपाली साहित्यको धरोहरको रुपमा लिने गरिन्थ्यो । वैदिक-पौराणिक साहित्य लेखनका महान साधक, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनले नेपाली साहित्यको क्षेत्रलाई अपुरणिय क्षति पुगेको छ ।  

उनको पार्थीव शरिर अहिले निवासमै राखिएको छ । अन्तिम श्रद्धाञ्जली दिन दीक्षितको निवासमा मानिसहरुको घुँइचो लागेको छ । साहित्यकार, कलाकार, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता लगाएतको निवासमा उपस्थिती रहेको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई निवासमै पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन् । 

अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमा निवास पुग्ने कार्यक्रम रहेको छ । दीक्षितका श्रीमती, ४ छोरा र १ छोरी छन् । दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।