मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३० बिहीबार ०८:०३:००
Read Time : < 1 मिनेट
सप्तरंग

अक्षयको गोजीमा थिएन २ सय रुपैयाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३० बिहीबार ०८:०३:००

अक्षय कुमार बलिउडमै सर्वाधिक आम्दानी गर्ने कलाकारमध्ये एक हुन् । यस वर्ष फोब्र्सले सार्वजनिक गरेको आम्दानीको सूचीमा बलिउड कलाकारमध्ये पहिलो स्थानमा थिए ।

 वर्षमा चारदेखि पाँचवटा फिल्म खेल्ने अक्षयका अधिकांश फिल्म हिट छन् । तर, कुनै समय यस्तो पनि थियो, जतिवेला अक्षयसँग गोजीमा दुई सय पनि हुँदैनथ्यो ।

करिअरका सुरुवाती दिन उनले खेलेका कतिपय फिल्म असफल भएका थिए । एक अन्तर्वार्तामा उनले सुरुवाती दिनका संघर्ष सुनाएका छन् । ‘खुब संघर्ष गर्नुप-यो, तर कहिल्यै हिम्मत हारिनँ । भगवान्को कृपा ममा रहिरह्यो,’ उनले भनेका छन्, ‘मेरो गोजीमा दुई सय रुपैयाँ पनि थिएन, जब मैले करिअर सुरु गरेको थिएँ । आज मेरो साथमा सबै थोक छ ।’