१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३० बिहीबार ०७:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग

मिथिला शर्माबाट प्रभावित छु : झरना थापा

मेरो आइडल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३० बिहीबार ०७:४४:००

मेरो आइडल मिथिला शर्मा हुनुहुन्छ । अभिनयमा लाग्नुअघि नै मैले उहाँका प्रायः फिल्म हेरेकी थिएँ । बच्चैदेखि उहाँको अभिनय र नृत्यबाट प्रभावित भएँ । पछि पद्मकन्या कलेजमा नृत्य विषय लिएर पढेँ । सायद त्यसमा पनि उहाँको नृत्यको प्रभाव थियो ।

अभिनयमा लागेपछि ‘मुग्लान’, ‘सुख दुःख’लगायत थुप्रै फिल्ममा मिथिला दिदीसँग काम गर्ने अवसर पाएँ । उहाँबाट धेरै कुरा सिक्न र बुझ्न पाएँ । मैले करिअर सुरु गर्दा सिक्नका लागि अहिलेजस्तो सहज माध्यम थिएनन् । उहाँबाटै धेरै ज्ञान लिएँ । अहिले पनि उहाँसँग सिकिरहन्छु ।

वर्षौंदेखि उहाँ यो क्षेत्रमा निरन्तर सक्रिय र समर्पित हुनुहुन्छ । उहाँले अभिनय गरेका फिल्म सकभर नछुटाई हेर्छु । उहाँको फेसियल एक्सप्रेसन, संवाद र चरित्रप्रतिको न्यायबाट निकै प्रभावित छु ।