मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार २१:२७:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरी–चलचित्रकर्मी छलफल, अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार २१:२७:००

नेपाल प्रहरीले वरिष्ठ चलचित्रकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार भएको अन्तरक्रियामा अपराध नियन्त्रणमा एकअर्काको भूमिकाबारे चर्चा भएको थियो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी समाजको चाहनाअनुसार परिवर्तित भई अगाडि बढिरहको भन्दै कलाकारितामार्फत सोहीअनुरूपको सन्देश जनसमक्ष पुर्‍याउन चलचित्रकर्मीहरूको साथ आवश्यक रहेको बताए । समाजमा प्रहरीको भूमिका उत्कृष्ट बनाउने अभियान साथ नयाँ अवधारणासहित समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको भन्दै आइजिपी खनालले कार्यक्रमका विषयवस्तु कार्यान्वयनमा सहयोग मागे ।

त्यस क्रममा नेपाल चलचित्र निर्माण संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई संघकोतर्फबाट लिखित सुझाब दिएका थिए ।  वरिष्ठ कलाकार नीर शाहले चलचित्र उद्योगसँग नेपाल प्रहरीको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र निर्माण संघ, गीतकार संघ नेपाल, नेपाल चलचित्र द्वन्द्व संघ, टेलिभिजन कलाकर्मी मञ्चलगायत संस्थाका पदाधिकारी, चलचित्र विज्ञहरू कार्यक्रममा सहभागी थिए ।