मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार २१:२१:००
Read Time : < 1 मिनेट
समाचार

मानव तस्करी रोक्न सहकार्यमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार २१:२१:००

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखनमा संलग्न तस्करहरूलाई कानुनी दायरामा ल्याउन सम्पूर्ण सरोकारवाला निकायहरू ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित अन्तरक्रियामा आइजिपी खनालले यस्तो बताएका हुन् । 

मानव बेचबिखन नियन्त्रणका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत सामुदायिक कार्यक्रमहरूसमेत चलाइरहेको खनालले बताए । विभिन्नखाले जनचेतनामूलक कार्यक्रममार्फत मानव बेचबिखनमा कमी ल्याउन सकिने उनको भनाइ थियो  । कार्यक्रममा उनले  दक्षिण एसियाबाट मानव तस्करीका मुख्य गन्तव्यहरू, घटना विश्लेषणका आधारमा मानव बेचबिखनका प्रवृत्तिहरू, आपराधिक कार्यविधि, आपराधिक योजना, मानव बेचबिखनका रुट र गन्तव्यबारे जानकारी गराएका थिए । 

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले मानव बेचबिखन नियन्त्रणमा नेपाल प्रहरी र अध्यागमन विभागबीच सहकार्य हुँदै आएको बताए । मानव बेचबिखनमा देखिएका चुनौतीमध्ये आधुनिक दासतालाई नियन्त्रण गर्न सबै सरोकारवाला निकायहरू एकजुट भएर लाग्नुपर्ने उनले बताए । कार्यक्रममा वैदेशिक रोजगार विभागका निर्देशक हरि ज्ञवाली, उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता लोकराज पराजुली, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रा शर्माले पनि महत्व तथा मानव बेचबिखन नियन्त्रणमा भएका प्रयासबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।