१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौं
२०७५ पौष २२ आइतबार ०६:४४:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानसेनापति २७ पुसमा भारत जाँदै

Read Time : < 1 मिनेट
काठमाडौं
२०७५ पौष २२ आइतबार ०६:४४:००

प्रधानसेनापति पूर्णचन्द्र थापा २७ पुसमा भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको निमन्त्रणामा उनी ६ दिनका लागि जान लागेका छन् । प्रधानसेनापति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।  बिमस्टेकका सदस्य मुलुकहरूका सेनाको सैन्य अभ्यास समापनका क्रममा प्रधानसेनापति थापाले ३० भदौमा भारत भ्रमण गर्ने तयारी अन्तिममा स्थगित भएको थियो । संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीनजना पर्यवेक्षकका रूपमा सहभागी भए, तर प्रधानमन्त्रीस्तरीय निर्णयअनुसार प्रधानसेनापति थापाको भ्रमण रोकिएको थियो । त्यसको चार महिनापछि प्रधानसेनापतिको भ्रमण हुन लागेको छ ।

 द्विपक्षीय परम्पराअनुसार २८ पुसमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लगाइदिनेछन् । ‘भारत भ्रमणका क्रममा प्रधानसेनापतिज्यूले स्थल, जल र वायुसेनाका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ,’ सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले नयाँ पत्रिकासँग भने, ‘भारतीय रक्षामन्त्री निर्मला सीथारमण र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ताको कार्यक्रम तय भएको छ ।’