मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार १७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल-भारत सम्बन्ध अन्तर सम्बन्धित र अन्तरनिर्भर : परराष्ट्रमन्त्री ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार १७:५५:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल-भारत सम्बन्ध अन्तर सम्बन्धित र अन्तरनिर्भर रहेको बताए ।

रिपोर्टस क्लबले बुधबार गरेको साक्षात्कारमा बोल्दै ज्ञवालीले नेपाल र भारत एक आपसमा  विभिन्न तहबाट अन्तरसम्बन्धित भएकाले दुवैको भविश्य संगसंगै अघि बढ्नुमा निर्भर रहने बताएका हुन् । सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा भारत विहारका जनता चिन्तित बनेको प्रसंग उल्लेख गर्दै उनले दुवै देशलाई दुवै देशका राजनितिक, आर्थिक र सामाजिक अवस्थाले प्रभाव पार्ने बताए ।

जलमार्ग, कृषिमा साझेदारी लगायत आर्थिक विकासका अन्तरदेशीय विभिन्न योजनाहरु अघि बढीरहेको भन्दै उहाँले छिमेकी सम्पन्न हुनु र विपन्न हुनुको प्रभाव नजिकको छिमेकी मुलुकलाई पर्ने बताए । उनले डुबानको समस्या प्रति भने दुवै देश संवेदनशील बनी दुवै देशका नागरिकलाई केन्द्रविन्दुमा राखेर समस्या समाधान गर्नुपर्ने आवश्यकता औल्याए । त्यसैगरी उनले सिमा सुरक्षा र सिमामा बनाउने संरचना पनि दुवै देशको हितमा गरिनुपर्ने धारणा राखे ।

उनले आर्थिक विकासको क्षेत्रमा ठूला उपलब्धि हासिल गरेको भारतलाई थप उपलब्धिको कामना सहित ७३औं स्वतन्त्रता दिवसको शुभकामना दिए ।