मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण २९ बुधबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार

खोला किनारमा एक व्यक्तिको शव फेला

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार १०:१९:००

ऐरावती गाउँपालिका ५ द्धारेघाट झुमरुक खोला किनारमा शव भेटिएको छ । शव भेटिएपछि स्थानीयले प्रहरी चौकी वरौलामा खबर गरेका थिए । 

शव गोठिवाङका ७२ वर्षीया प्रेमबहादुर रावतको रहेको प्रहरी चौकी वरौलाका जवान लक्ष्मण थापाले बताए । 

शवलाई जिल्ला अस्पताल प्यूठानमा पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।