मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २९ बुधबार १०:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

अफगानिस्तानसँग  बुधबार मैत्रीपूर्ण खेल

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार १०:०६:००

नेपाली टोलीले प्रतियोगिताको तयारीस्वरूप अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । मंगलबार मात्रै काठमाडौं आइपुगेको अफगान टोलीसँग नेपालले खेल्ने तय भएको दुई मैत्रीपूर्ण खेलमध्ये पहिलो खेल बुधबार हुने भएको हो । यस्तै, दोस्रो खेल बिहीबार हुनेछ । दुवै अभ्यास खेल लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा हुनेछ । 

अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलपछि आफ्नो कमीकमजोरीमा सुधार ल्याउने अवसर मिल्ने नेपाली टोलीले विश्वास लिएको छ । ‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौँ । त्यसअघि अफगानिस्तानसँग दुई अभ्यास खेल पनि खेल्दै छौँ,’ नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले भने, ‘यो मैत्रीपूर्ण खेलपछि टोलीको कमीकमजोरीमा सुधार ल्याउने अवसर मिल्नेछ ।’