मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रेबिका गुरुङ अभिनेत्री
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०८:२५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

खानेकुरामा कन्ट्रोल छ

मेरो फिटनेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०८:२५:००

बिहान उठ्नेबित्तिकै तीन ग्लास मनतातो पानी पिउँछु ।  त्यसपछि पानीमा सातु घोलेर खान्छु । बाहिरको खानेकुरा एकदम कम खान्छु । सम्भव भएसम्म बाहिर गएका वेला हिँडेर नै फर्कन्छु । मलाई हिँड्न खुबै मन पर्छ । त्यसले शरीरलाई फिट राख्न निकै सहयोग गर्छ । 

कलेज भएको वेला ५ बजे र नभएका वेला साढे ९ बजेतिर उठ्छु । बेलुका त त्यस्तै हो, १०–११ नै बज्छ । मर्निङवाक जान्नँ । बरु कहिलेकाहीँ जिम जान्छु । तर, रेगुलरचाहिँ होइन । सकेसम्म घरमै वर्कआउट गर्छु । वेलावेलामा स्विमिङ पनि जान्छु । 

घरमा जे पाक्छ, त्यही खानेकुरा बढी रुचाउँछु । धूम्रपान गर्दिनँ । कहिलेकाहीँ बियर र वाइन एक ग्लास खान्छु । त्योभन्दा बढी म ह्यान्डल गर्न सक्दिनँ । बाहिरतिर निस्कँदा या काम गरेर थाकेका वेला साँधेको चाउचाउ र हट लेमन पिउँछु । खाने सवालमा आफूलाई कन्ट्रोल गरेकै कारण म फिट छु ।