मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण २९ बुधबार ०७:३७:००
Read Time : < 1 मिनेट
अर्थ

राष्ट्र बैंकले तोकेको उमेरहद कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०७:३७:००

बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत र सञ्चालकको उमेरहद तोक्ने नेपाल राष्ट्र बैंकको निर्देशिका कार्यान्वयन नगर्न–नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको छ । राष्ट्र बैंकले गत २० साउनमा ६५ वर्ष नाघेका व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनः नियुक्त हुन नसक्ने र ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन नसक्ने भन्दै निर्देशिका बनाएको थियो । 

निर्देशिकामा ७० वर्ष नाघेका व्यक्ति सञ्चालक समितिको कुनै पनि पदमा नियुक्त हुन नपाउने र ७४ वर्ष पूरा भएका व्यक्ति कुनै बैंकको सञ्चालक समितिमा सदस्य रहे पद त्याग्नुपर्ने व्यवस्था पनि थियो । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन ०५८ को दफा ७९ अनुसार बनाएको उल्लेख गरेको छ । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सो दफामा उमेरहद तोक्न सक्ने अधिकारी राष्ट्र बैंकलाई नभएको बताएको छ ।

सर्वोच्चले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ०७३ को दफा १८ (१) मा न्यूनतम उमेर २५ वर्ष तोकिए पनि अधिकतम उमेर नतोकिएको भन्दै सांसदले कानुन बनाएर मात्रै सेवा सर्त तोक्न सकिने भनेको छ । १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्र बंैकका नाममा आदेश दिएको छ ।