१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २९ बुधबार ०७:३५:००
Read Time : < 1 मिनेट
अर्थ

टेलिकमले थप्यो चार बिटियस टावर

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०७:३५:००

पूर्वी पहाडी जिल्ला संखुवासभाको मोबाइल फोन नटिप्ने दुर्गम चारवटा ठाउँमा नेपाल टेलिकमले बिटियस टावर थेपेको छ । चिचिला गाउँपालिका–२ इम्चुङ, मकालु गाउँपालिका–३ अरुण तेस्रो डयामसाइड फ्याक्सिन्दा, मादी नगरपालिकाको मावादिन र खाँदबारी–३ को मानेभञ्ज्याङमा टावर थपिएको नेपाल टेलिकमका कार्यालय प्रमुख राधारमण भट्टराईले जानकारी दिए ।

उनले ती ठाउँहरू सदरमुकाम खाँदबारीदेखि नजिकै देखिए पनि भौगोलिक हिसाबले डाँडाकाँडाले छेकिने भएकाले मोबाइल नटिप्ने गरेको र त्यहाँबाट अत्यधिक माग बढेपछि बिटियस टावर थप्ने काम भएको बताए । उनले भने, ‘नेपाल टेलिकमको फोन नटिप्ने ठाउँहरूलाई लक्षित गरेर अब तुरुन्तै सभापोखरी गाउँपालिकाको सभापोखरी र स्वाचीमा बिटियस टावर थप्नेछ ।’ उनले खाँदबारी शाखाले संखुवासभा र भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरेको छ भने जिल्लाका ६ स्थानका बिटिएस टावर सोलारबाट मात्र सञ्चालन गर्दै आएको जानकारी दिए ।

हाल चिचिला गाउँपालिका, खाँदबारीको छ्याङ्कुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोला गाउँपालिकाको माक्पालुङ, सिलिचोङ गाउँपालिकाको रमितेमा सोलार पावरबाट बिटिएस टावर सञ्चालन गरिएको टेलिकमले जनाएको छ । टेलिकम संखुवासभा शाखाले जिएसएम ८, सिडिएमए ५ र ल्यान्डलाइन सेवा ५ स्थानबाट सञ्चालन गरिरहेको छ ।