मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण २८ मंगलबार २०:२७:००
Read Time : < 1 मिनेट
साहित्य

उषा शेरचनको उपन्यास ‘आधि’ विमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण २८ मंगलबार २०:२७:००

साहित्यकार उषा शेरचनको उपन्यास ‘आधि’ मंगलबार विमोचन भएको छ । गीतकार, मुक्तककार, कवि र कथाकार रुपमा आफूलाई स्थापित गरिसकेकी शेरचनको सो उपन्यास मंगलबार राजधानीमा विमोचन भएको हो ।  
लोकसंस्कृति अन्वेषक एवं साहित्यकार चेतन कार्की, साहित्यकार पद्मावती सिंह र कुमारी लामाले संयुक्त रुपमा उपन्यास लोकापर्ण गरेका थिए । 
कार्यक्रममा चेतन कार्कीले शेरचनको साहित्यिक जीवनबारे प्रकाश पारे । ‘पोखराबाट मुक्तककारको रुपमा उदाएकी शेरचनले आधिमा नाताभित्रै हुने बलात्कारको कथा खोतलेकी छन्’, कार्कीले उपन्यासमाथि टिप्पणी गरे ।
त्यस्तै पद्मावति सिंहले शेरचनको लेखनमा पाइने प्रवृतिगत विशेषताबारे चर्चा गरिन् । ‘जुनसुकै विधामा पनि महिलाले दिनहुँ भोग्ने सास्ती कहने शेरचनको लेखकीय गुण हो’, सिंहले भनिन्, ‘आधि उपन्यास नयाँ दिशामा अग्रसर नेपाली समाजको बिम्ब हो ।’

उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक कुमारी लामाले आधिले महिलामाथि हुने यौनजन्य हिंसाको सग्लो तस्विर प्रस्तुत गरेको उल्लेख गरिन् । 
करिब दुई सय पृष्ठको उपन्यास बुक हिल पब्लिकेशनले बजारमा ल्याएको हो ।