मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २८ मंगलबार १८:२२:००
Read Time : < 1 मिनेट
समाचार

पोखराको एक मिनिमार्केटमा आगलागी, १५ पसलमा क्षति

Read Time : < 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार १८:२२:००

पोखराको व्यस्त बजार न्यूरोडस्थित एक मिनिमार्केटमा लागलागी भएको छ । आगलागीका कारण मिनिमार्केटमा रहेका करिव १५ वटा पसलमा क्षति पुगेको छ ।

न्युरोडस्थित नवदुर्गा फोम हाउस रहेको मिनिमार्केटमा लागेको आगलागीका कारण मिनीमार्केटमा सँगै रहेका फर्निचर, कार्पेट, फोम हाउस, पर्दा पसल लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

मिनिमार्केट भित्र रहेको एक खाजा पसलमा लागेको आगोका कारण अन्य पसलमा सल्किएको प्रहरीले अनुमान गरेको छ । सुरुमा खाजा पसलमा लागेको आगो सगै रहेको फोेम पसलमा सल्केपटि फोममा आगो लाग्दा आगो नियन्त्रणमा लिन कठिन भएको थियो ।

आगो नियन्त्रणका लागि ३ दमकल र २० पानी ट्यांकर परिचालन गरिएको थियो भने नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी सगै स्थानिय र व्यवसायिहरु लागेका  छन् । दिउँसो करिव ४ बजेदेखी सुरु भएको आगलागी करिब ६ बजे मात्र नियन्त्रणमा आएको थियो ।