१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार १७:४३:००
Read Time : < 1 मिनेट
अर्थ

सहकारीको कर्जा सुरक्षा कोषलाई प्रभावकारी बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार १७:४३:००

सरकारले सहकारीको नियमन गर्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वन गर्ने भएको छ । 

मंगलबार स्वावलम्बन विकास कोषको २८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारी भित्रको बेथिति रोक्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी बनाउन लागिएको बताइन् । सहकारीको प्रभावकारी अनुगमन नहुँदा एकै व्यक्ति धेरै संस्थामा बस्ने, पैसा अपचलन गरेर भाग्ने, फेरि नयाँ ठाउमा जाने अनि पुरानै धन्दा गर्ने विकृति बढ्दै गएकोले कर्जा सुरक्षा कोषलाई कडाईका साथ कार्यन्वयनमा लैजान लागिएको उनको भनाई थियो । बिगतमा सहकारी संस्थामा कर्जा सुरक्षा कोष र सूचना आदान प्रदान गर्ने ब्यबस्था लागु गर्ने भनिएको उल्लेख गर्दै उनले अब भने व्यवहारमा प्रभावकारी ढंगले लागु गरिने बताइन् । 

गरिब लक्षित कार्यक्रम 
मन्त्री अर्यालले गरिब लक्षित कार्यक्रम पनि प्रभावकारी रुपमा अगाडी बढाइने जानकारी दिइन् । बिगतमा गरिबको घरमा नपुगी कार्यालय र चौतारामा बसी काम गर्ने परिपार्टीले सरकारको काम उपलब्धिविहीन देखिएको उनले बताइन् । उनले बिगतको कमजोरी सच्याउँदै गरिब घर पहिचान गर्ने र सहायता उपलब्ध गराउने काम सफ्टवेयर मार्फत हुने उल्लेख गरिन् । प्रविधिलाई कसैले छल गर्न नसक्ने भन्दै मन्त्रि अर्यालले पहिचान भएको लक्षित गरिब घरलाई मात्र सरकारले सहयोग उपलब्ध गराउने स्पष्ट पारिन् ।