मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण २८ मंगलबार १४:००:००
Read Time : > 1 मिनेट
समाचार

स्वास्थ्य चौकीमा बाढी पसेपछि उपचार सेवा प्रभावित 

Read Time : > 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार १४:००:००

मुसीकोट नगरपालिका ९ को स्वास्थ्य चौकी होलताराको भवनमा बाढी पसेको छ । सोमबार भएको वर्षाका कारण आएको बाढी स्वास्थ्य चौकी भवनमा पसेपछि औषधिमा क्षति पुगेसँगै उपचार सेवा प्रभावित भएको छ । 

बाढीसँगै माटो, ढुंगा, काठ, बालुवा लगायतका वस्तु भवन भित्र पसेपछि स्वास्थ्य चौकीका सबै कोठा पुरिएका छन् । जसका कारण स्वास्थ्य चौकीमा रहेका औषधि, कागजातसहित अन्य सामग्री पानीले भिजेर तथा पुरिएर नष्ट भएको वडाध्यक्ष  नविन ओलीले बताए । पुरिएको भवन खालि गर्ने काम भइरहेको उनले बताए । 

स्वास्थ्य चौकीका अनुसार उपचारका लागि आउने विरामीलाई कसरी उपचार गर्ने भन्ने चिन्ता बढेको छ । हाल उपचारको लागि आएका बिरामीलाई उपचार गर्ने ठाउँ छैन । उपचारको लागि प्रयोग भएका तीन वटै कोठाहरु पुरिएका छन । यसका साथै स्वास्थ्य चौकी भवन जोखिममा परेको छ । 

४ घर जोखिममा, अन्नबाली नष्ट 
यसैबीच सोमबार दिउँसो भएको भारी बर्षाले मुसीकोट ९ होल्तारामा ठुलो क्षति गरेको छ । वर्षाकै कारण स्थानीय यामलाल ओली, दल बहादुर ओली र लोकेन्द्र ओलीको घर पहिरो र बाढीको जोखिममा परेका छन् । महिला सहकारी भवन पनि बाढिको जोखिममा परेको छ । 

त्यस्तै सोमबार नै भएको वर्षाका कारण गएको पहिरोले स्थानीय देबिलाल ओली, दिपेन्द्र ओली, लोकेन्द्र ओली, दलबहादुर ओली र यामलाल ओलीको करिब २० रोपनी जग्गामा लगाइएको मकै बालीमा क्षति पुगेको छ । स्थानीय चन्द्रबहादुर ओलीको अलैची नर्सरी र अलैची बारी पनी पुरिएको छ  । 

सडकमा नालि नकाटिदा सडकको भल सबै गाउँतिर बगेर त्यसले बाढीको रुपमा लिएको स्थानीयको भनाई छ । सितलपोखरी चुनवाङ सडक बिस्तारको जिम्मा पाएको शंकर माली निर्माण सेवा जेबि कन्ट्रक्सनलाई यस बारेमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेका कारण यस्तो समस्या आएको स्थानीय बताउँछन् । त्यस्तै स्थानीय जुगेखोलामा तटबन्ध निर्माण नगर्दा गाउँका साथै वडा कार्यालय र स्वास्थ्य चौकीमा थप क्षति पुग्ने अवस्था रहेको वडाध्यक्ष ओलीले जानकारी दिए ।