गोरखा नगरपालिका–१० टक्सारस्थित मनकामना आवासिय बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरे मृत अवस्थामा भेटिएका छन् । सोमबार साँझ विद्यार्थीहरुलाई खाना खुवाएर घर नर्फिएपछि उनको खोजिमा परिवार लागेका थिए ।
खोजी गर्ने क्रममा विद्यालय नजिकै रहेको कुवाडी जंगलमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृतको सव सडकबाट करिब ५० मिटर तल जंगलमा भेटिएको हो । मृतको टाउको र खुट्टामा चोट लागेकाले हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घिमिरेको शव पोष्टमार्टनको लागि जिल्ला अस्पतालमा गोरखामा ल्याउने तयारी भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी विगत २० वर्षदखि उक्त विद्यालयमा भान्सेको रुपमा कार्यरत थिए ।