मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण २८ मंगलबार ११:००:००
Read Time : < 1 मिनेट
समाचार

विद्रोहीलाई डिकमान पत्रकारिता पुरस्कार

Read Time : < 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार ११:००:००

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाद्वारा स्थापित डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०७६ अग्रज पत्रकार माधव विद्रोहीलाई प्रदान गरिएको छ । महासंघको २०औँ स्थापना दिवसका अवसरमा सोमबार विद्रोहीलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशि २५ हजार २० रुपैयाँ र ताम्रपत्र छ । 

सोही कार्यक्रममा वितरण हुने उदीयमान पत्रकारिता पुरस्कार पत्रकारद्वय ध्रुव राजवंशी र भगीहाङ नेम्वाङ ‘रानीटारे साइँला’ लाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही पाँच हजार २० रुपैयाँ र प्रशंसा–पत्र छ । कार्यक्रम फोनिज झापा शाखाका अध्यक्ष विशाल नेम्वाङको अध्यक्षतामा भएको थियो ।