मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण २८ मंगलबार ११:०६:००
Read Time : < 1 मिनेट
प्रदेश

स्याङ्जाको बोलबम टोली तिलिचो तालमा

Read Time : < 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार ११:०६:००

स्याङ्जाको एक सय पाँचजनाको बोलबम टोली तिलिचो ताल पुगेको छ । धार्मिक पर्यटनको विकास र प्रचारप्रचार गर्ने उद्देश्यले बोलबम टोली तिलिचो ताल पुगेको हो । टोलीमा स्याङजाको वालिङसिथत बोलबम समितिमा आबद्ध सदस्यहरू छन् । 

नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्वलाई प्रचारप्रसार गर्ने उद्देश्यले टोली तिलिचो पुगेको समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । उनले भने, ‘यो समितिले १५ वर्षदेखि हरेक साउनमा विभिन्न धार्मिक क्षेत्रको यात्रा गर्दै आएको छ । दामोदर कुण्ड, खप्तड बाबालगायत स्थलको यात्रापछि मनाङसिथत तिलिचो तालमा पुगेको हो । 

टोलीले तिलिचो ताल अवलोकनका साथै तालमा रहेको भगावन् शिवको मूर्तिमा त्रिशूल, नेपालको झन्डा र स्याङ्जामा रहेको छाङछाङ्दी मन्दिरको पवित्र जल चढाएको टोलीका लेखनाथ गैरेले बताए । उनले भने, ‘स्याङ्जाको वालिङबाट सुरु गरी लमजुङको ईशानेश्वर महादेव हुँदै टोली एक सातामा तिलिचो तालमा पुगेको हो ।

तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमिको दूरीमा पर्छ । खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग चार घन्टाको पदयात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पमा एक रातको बासपछि झन्डै साढे तीन घन्टा उकालो हिँडेर तिलिचो ताल पुगिन्छ । दूरीका हिसाबले नजिक भए पनि हाई अल्टिच्युट र जोखिमपूर्ण बाटोका कारण यात्रा कठिनाई हुने गरेको पर्यटक होमनाथ गौतम बताउँछन् । 

तिलिचो : धार्मिक महत्वको स्थल
तिलिचो ताल धार्मिक रूपले पनि महत्वपूर्ण मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्तीअनुसार हिन्दू धर्मावलम्बी तीर्थ, व्रतका लागि तिलिचो पुग्ने गरेका छन् । मुख्यतः असोजदेखि पुससम्म तिलिचो पुग्ने उचित समय मानिन्छ । फागुनदेखि वैशाखसम्म दोस्रो सिजनका रूपमा लिने गरिएको छ ।