मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण २८ मंगलबार ११:०४:००
Read Time : < 1 मिनेट
प्रदेश

मुक्त कमलरीका लागि  एक करोडको भवन

Read Time : < 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार ११:०४:००

मुक्त कमलरीहरूका लागि दाङको घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरामा करिब एक करोड लगानीमा भवन निर्माण भएको छ । नेपाल सरकार, युथ फाउन्डेसन नेपाल र मुक्त कमलरी विकास मञ्चको संयुक्त लगानीमा दाङमा मञ्चको ९७ लाख रुपैयाँमा भवन निर्माण भएको हो । 

नेपाल सरकार तराई–मधेस समृद्धि कार्यक्रम र मुक्त कमलरी विकास मञ्चको लगानी तथा घोराही उपमहानगरपालिकाको प्राविधिक सहयोगमा भवन बनेको हो । ९७ लाख २७ हजारको लागतमा निर्माण भएको भवनको आइतबार उद्घाटन भएको छ । सांसद शान्ता चौधरी र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन  कार्यक्रममा सांसद शान्ता चौधरीले कमलरीहरूको मुक्ति र अधिकारका लागि सरकारले धेरै गरेको बताइन् । दुःखको सागरबाट अहिले कमलरीहरू नयाँ जीवन र अवसर प्राप्तिसम्म पुगेको र अब आत्मनिर्भरका लागि उद्यममा जोडिन आवश्यक रहेको उनले बताइन् । सरकारले मुक्त कमलरीहरूका लागि गरेको लगानीको प्रतिफल देखिँदै गएको बताइन् । उनले कमलरी व्यवसायदेखि राष्ट्रसेवकसम्म पुगेको भन्दै खुसी व्यक्त गरे ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कानुनी रूपमा सबै वर्ग समुदाय बलियो भइसकेको, तर सामाजिक संस्कारले अझै पछि पारेको बताए । अब शिक्षा, ज्ञान, सीप, क्षमताको विकास गर्दै अधिकार प्राप्तिका लागि अघि बढ्न मुक्त कमलरीलाई आग्रह गरे ।

मुक्त कमलरीहरूलाई आत्मनिर्भर बनाउनुपर्नेमा सुझाब छ । अहिले सरकारले शिक्षासम्मको ग्यारेन्टी गरे पनि अब कमलरीलाई उनीहरूको सीप विकास गर्दै रोजगारीमा जोडनुपर्नेमा सरोकारावालाको जोड छ । नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्तले राज्यले सधँैका लागि हेरविचार गर्न नसक्ने भएकाले आफ्नो क्षमता विकास गर्दै रोजगार बन्नुपर्ने सुझाब मुक्त कमलरीलाई दिए ।