१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २८ मंगलबार ०९:५५:००
Read Time : < 1 मिनेट
खेलकुद

सेरेनाले चोटका कारण छाडिन् फाइनल

Read Time : < 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार ०९:५५:००

विम्बल्डन टेनिसकी उपविजेता सेरेना विलियम्स पुनः एकपटक रोजर्स कपको फाइनलमा पुगिन् । उत्कृष्ट लयमा देखिएकी सेरेनाले क्यानेडियन खेलाडी बियान्कालाई सहजै हराउने अनुमान थियो । तर, सेरेनाले पूरै खेल खेल्न सकिनन् । पुरानै ढाडको चोट पुनः बल्झिँदा सेरेनाले खेल बीचमै परित्याग गरिन् ।

दुखाइ एकतिर थियो नै, अर्कोतिर हातमै आइसकेको उपाधि गुमाउँदा सेरेनाले थप पीडाको महसुस गरिन् । अझ आफ्ना समर्थकलाई उपाधि उपहार दिलाउन नसक्दा उनी निराश भइन् । सेरेनाले आफ्ना समर्थकसमक्ष माफी माग्दै भनिन्, ‘यहाँ उपाधि जित्ने लक्ष्य थियो, त्यो पूरा हुन सकेन, मलाई माफ गरिदिनुस् ।’

यता १९ वर्षीय क्यानेडियन खेलाडी बियान्का पहिलोपटक रोजर्स कप जित्न सफल भइन् । रोजर्स कप जित्ने उनी पहिलो क्यानेडियन महिला खेलाडीसमेत बनिन् । सेरेनाले खेल छाड्ने घोषणा गर्दा बियान्काले स्पोर्टस्म्यानसिप देखाइन् । उनले सेरेनालाई अंकमाल गर्दै सहनुभूति दिएकी थिइन् ।