Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बिजुला बर्मा प्रदेश सांसद, नेपाली कांग्रेस
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०८:३९:००
Read Time : < 1 मिनेट
सप्तरंग

राजनीतिमा नलागेको भए भिडियो जकी हुन्थेँ : बिजुला बर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०८:३९:००

राजनीतिमा प्रवेश नगरेको भए म पत्रकारिता गरेरहेकी हुन्थेँ । ०५२ सालतिर राससमा सिन्धुली संवाददाता भएर काम गरेकी थिएँ । त्यसअघि ०४७ सालमा नेविसंघको एकाइ कमिटी कोषाध्यक्ष भएकी थिएँ । पछि राजधानी आएपछि ०५४ सालतिर नेपाल टेलिभिजनमा ‘परिवेश’ कार्यक्रम चलाएँ । 

राजनीतिमा नलागेको भए कुनै न्युज च्यानलमा काम गर्थेँ होला । ०५७ सालमा च्यानल नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेकी थिएँ । केही दिन काम पनि गरेँ । त्यहीताका नेविसंघको चुनाव भयो, म केन्द्रीय सदस्य बनेँ ।

अहिले लाग्छ, म राजनीतिमा हुँदैनथेँ भने भिडियो जकी (भिजे) हुन्थेँ या कुनै सञ्चारमाध्यमको राम्रै तहमा रहेर काम गरिरहेकी हुन्थेँ होला । पत्रकार साथीले सामाजिक मुद्दामा पैरवी गर्ने कार्यक्रम चलाएको खुब मन पर्छ ।