मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०८:३३:००
Read Time : < 1 मिनेट
नयाँCity

नेपाल नै सुन्दर : नवीन के. भट्टराई

गन्तव्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०८:३३:००

नेपाल वास्तवमै सुन्दर छ । हिमाल, पहाड, तराई मिलेर बनेको देशमा घुम्नकै लागि नभई कार्यक्रमका क्रममा विभिन्न स्थानमा पुगेको छु । मलाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण सौराहा, पोखरा र धरान मन पर्छ ।

सौराहा
सौराहाको प्राकृतिक सौन्दर्य एकदमै मोहक लाग्छ । समथर फाँट अनि नारायणीको किनार, एकदमै रमाइलो छ । मैले ‘साँझपख एकान्तमा...’ बोलको गीत सौराहामै रचना गरेको हुँ ।

पोखरा
पोखराको सौन्दर्य मन नपराउने त को होला र ! त्यहाँको सुन्दर भौगोलिक बनावटले मुड फ्रेस गराउँछ । पोखरामा मेरो ससुराली घर पनि छ । त्यसैले, कार्यक्रममा मात्र नभई पारिवारिक भेटघाटमा पनि गइरहेको हुन्छु ।

धरान
सानो तर सुन्दर र सफा छ धरान । त्यहाँबाट नजिकमा हिल स्टेसन भेडेटार छ । धरानमा हुने कार्यक्रम रमाइला हुन्छन् । किनभने धरानेहरू रमाइला छन् ।