मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २८ मंगलबार ०८:०९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

रोगप्रतिरोधी क्षमता यसरी बढाउने

Read Time : > 1 मिनेट
२०७६ श्रावण २८ मंगलबार ०८:०९:००

शरीर स्वस्थ रहनका लागि रोगप्रतिरोधी क्षमता आवश्यक  पर्छ । जसले बाहिरी जीवाणुको संक्रमणबाट बचाउने गर्छ । कुनै पनि रोगको भाइरसविरुद्ध लड्ने भएकाले रोगको सिकार हुनबाट बचाउँछ । सामान्यतया रोगप्रतिरोधी क्षमता व्यक्तिले गर्भबाटै लिएर आएको हुन्छ । गर्भावस्थामा आमाको स्वास्थ्य, जीवनशैली र रहनसहनका आधारमा बच्चाको स्वास्थ्य अथवा प्रतिरोधी क्षमता कस्तो हुने भन्ने कुरा भर पर्छ । यदि आमा बिरामी भएमा बच्चामा पनि स्वास्थ्य समस्या देखिने गर्छ । 

आमाको दूध
बच्चा जन्मिनेबित्तिकै आमाको बेगौती दूध बच्चालाई अनिवार्य रूपमा खुवाउनुपर्छ । जसमा प्रतिरोधी क्षमता बढाउने तत्व  हुन्छन् । ६ महिनासम्म सकेसम्म आमाको दूध मात्रै खान दिनुपर्छ । आमाको दूधमा बच्चालाई चाहिने सबै पौष्टिक तत्व  पाइन्छ । स्वस्थ वातावरणविश्व स्वास्थ्य संगठनका अनुसार कोठाको साइजका आधारमा आवश्यकताभन्दा बढी जनसंख्या भएमा स्वास्थ्यमा असर पर्ने गर्छ । अर्थात्, एउटा कोठामा दुई वा तीन व्यक्तिभन्दा धेरैको बसोवास भएमा स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ ।

बसाइको व्यवस्थापन नमिल्दा व्यक्तिको प्रतिरोधी क्षमतामा ह्रास आउने गर्छ, तसर्थ बसाइको व्यवस्थापन गर्नुपर्छ । सकेसम्म खुला ठाउँमा बासस्थान बनाउनु उचित मानिन्छ । घरवरपरको वातावरण स्वच्छ राख्नुपर्छ । घर, टोल, समाजमा सरसफाइ गर्ने, फोहोरमैला र प्रदूषणबाट लाग्ने सम्भावित रोगबाट बच्नुपर्छ । यदि सरुवा रोगको सिकार हुने अवस्था भएमा प्रतिरोधी क्षमतामा ह्रास आउन थाल्छ । 

स्वस्थ खानपान
व्यक्तिको स्वास्थ्य कस्तो हुने भन्ने उसको खानपानमा पूर्ण निर्धारित हुने गर्छ । नियमित पौष्टिक आहार सेवन गर्नुपर्छ । जस्तैः माछा, मासु, अन्डा, फलफूल, अन्न, हरियो सागपात आदि । बच्चाको खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै, स्वास्थ्यमा असर पार्ने खालका खानेकुरा, जंकफुड, फास्डफुड आदिबाट सकेसम्म टाढा बस्नु उपयुक्त हुन्छ । 
प्रतिरोधी क्षमता कम गर्ने प्रमुख कारक तत्व  धूम्रपान, मद्यपान र अस्वस्थ खानपान हुन् ।

व्यायाम
प्रत्येक व्यक्तिले दिनहुँ व्यायाम गर्नु आवश्यक हुन्छ । यो शरीर तथा मानसिक स्वास्थ्यसमेत बलियो बनाउन सहयोगी हुन्छ । बिहान हिँड्ने, जिम, योगा, सामान्य खेल आदि गर्न सकिन्छ । बच्चालाई पनि खेल्ने समय प्रशस्त दिनुपर्छ । शारीरिक परिश्रम गर्नुपर्ने खालका खेल खेल्न दिन सकिन्छ । जसले गर्दा उनीहरूमा वृद्धि विकास सहज हुन्छ र प्रतिरोधी क्षमता पनि बढेर जाने गर्छ । 

रोगबाट बच्ने 
सरुवा रोग, एचआइभी, मिर्गौलामा खराबी, क्षयरोग, क्यान्सरजस्ता रोगले प्रतिरोधी क्षमतामा कमी ल्याइदिन्छ । बारम्बार सरुवा रोग, जस्तैः रुघाखोकी, ज्वरो आदि लागिरहेमा पनि प्रतिरोधी क्षमता घट्ने गर्छ । तसर्थ रोगबाट बच्नका लागि स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ । 

औषधिको प्रयोग
धेरै औषधिको प्रयोगले पनि स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ । कतिपय समयमा एन्टिबायोटिक औषधिको गलत प्रयोग र गलत डोजले प्रतिरोधी क्षमतामा प्रतिकूल प्रभाव पार्छ । यस्तै, एस्टोरोइड नामक औषधिको लामो समयसम्म प्रयोग गर्दासमेत स्वास्थ्यमा असर देखिन सक्छ । तसर्थ, कुनै पनि औषधि प्रयोगमा ल्याउँदा अनिवार्य रूपमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।