मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०७:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग

श्रीमानविरुद्ध श्वेता प्रहरीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०७:५५:००

बलिउड कलाकार श्वेता तिवारीले श्रीमान् अभिनव कोहलीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकी छिन् । श्वेताले छोरी पलक तिवारीमाथि हात उठाएको भन्दै श्रीमान्विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकी हुन् । पलकमाथि अभद्र भाषा प्रयोग गरेको आरोपसमेत अभिनवमाथि छ ।

श्वेताले उजुरी दर्ता गरेपछि प्रहरीले अभिनवलाई नियन्त्रण लिएको छ । सन् २००७ मा श्वेताले राजा चौधरीसँगको आफ्नो नौ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य गरेकी थिइन् ।

आमासँगै बस्दै आएकी पलक राजाकी छोरी हुन् । उनी १९ वर्षकी भइसकिन् । त्यस्तै, श्वेता र अभिनवका छोरा रेयान्स दुई वर्षका छन् । सम्बन्धविच्छेदको झन्डै ६ वर्षपछि श्वेताले अभिनवसँग बिहे गरेकी थिइन् । उनीहरू तीन वर्षसम्म डेटमा थिए ।