मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०७:४९:००
Read Time : < 1 मिनेट
सप्तरंग

अनमोल हिरो भुवन भिलेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०७:४९:००

नायक अनमोल केसी र भुवन केसीको मुख्य भूमिका रहने गरी नयाँ फिल्म बन्ने भएको छ । चलचित्र विकास बोर्डमा सोमबार भुवनको निर्माणमा बन्ने ‘एन्टी हिरो’ दर्ता भएको हो । फिल्ममा छोरा अनमोल हिरो र बाबु भुवन भिलेन छन् । ‘मैले भिलेनको भूमिका निर्वाह गर्न लागेको यो पहिलोपटक हो । त्यसमाथि यो एक्सन फिल्म हो, त्यसैले म उत्साहित छु,’ भुवनले भने ।

होमप्रडक्सन सुपर काजल फिल्मस्को निर्माणमा बन्ने फिल्ममा अनमोलको चकलेटी र एक्सन रूप दुवै देखिनेछ । फिल्मकी नायिका केही दिनमै सार्वजनिक गरिने भुवनले जनाएका छन् । यसअघि भुवनको मुख्य भूमिका रहेको ‘साथी म तिम्रो’मा  अनमोलले एउटा गीतमा प्रस्तुति दिएका थिए ।

क्याप्टेन फिल्मको प्रोमोसनल गीतमा यी बाबुछोराले स्क्रिन सेयर गरे पनि फिल्ममा अनमोलको मात्रै अभिनय थियो । त्यसैले यी दुई चर्चित कलाकारलाई एकै फिल्ममा मुख्य भूमिकामा देख्ने दर्शकको चाहना यसपटक पूरा हुनेछ । चकलेटी अनुहारका अनमोल पछिल्लो समय एक्सन रोलमा पनि रुचाइएका छन् । भुवनका अनुसार सुटिङ तिहारपछि सुरु हुनेछ ।