१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण २७ सोमबार ०६:५८:००
Read Time : < 1 मिनेट
अर्थ

कुसोममा जब एन्ड इन्टर्नसिप फेयर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण २७ सोमबार ०६:५८:००

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा आठौँ जब एन्ड इन्टर्नसिप फेयर हुने भएको छ । आगामी ३ भदौमा हुने फेयरमा स्टान्डर्ड चार्टर्ड बैंक, ओयो, सिप्रदी, युनिलिभर, बिड म्यानेजमेन्ट, डिअरवाक इन्स्टिच्युट अफ केक्नोलोजी, गोर्खा बु्रअरी, मुभर्स एन्ड सेकर्स, पञ्चकन्या, सामसङ इन्डिया, यती एयरलाइन्स, शिखर इन्स्योरेन्सलगायत सहभागी हुने कुसोमले जनाएको छ । 

कुसोमको प्लेसमेन्ट सेलले आयोजना गरेको यो कार्यक्रममा स्कुलको फ्लागसिप कार्यक्रम भएको जनाइएको छ । यो कार्यक्रमले कुसोम र कर्पोरेट हाउसबीच पुलको काम गर्ने पनि कुसोमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘कर्पोरेट हाउसलाई कुसोमबाट उत्कृष्ट विद्यार्थीलाई रोजगारीमा लिन पनि मद्दत गर्छ,’ कुसोमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जब एन्ड इन्टर्नसिप फेयर सन् २०११ देखि सुरु भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कर्पोरेटको आकर्षण रहेको कार्यक्रममा गत वर्ष ५२ वटा कम्पनीले भाग लिएका थिए ।