मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण २७ सोमबार ०९:५०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कसरी सफल हुने ?

Read Time : > 1 मिनेट
२०७६ श्रावण २७ सोमबार ०९:५०:००

आध्यात्मिक गुरु श्री श्री रविशंकरले आर्ट अफ लिभिङमार्फत संसारका धेरै व्यक्तिको जीवनमा परिवर्तन ल्याइदिएका छन् । १३ मे १९५६ मा भारतको तमिलनाडुमा जन्मिएका रविशंकर महर्षि महेश योगीको सान्निध्यमा गएपछि अध्यात्मिक जगत्सँग जोडिएका हुन् । उनले सफल जीवनका चार सूत्र साम, दान, भेद र दण्डलाई बाह्य र आन्तरिक रूपमा यसरी परिभाषित गरेका छन् :

बाह्य सूत्र 
अन्य व्यक्तिसँग व्यवहार गर्नका लागि र बुद्धिमत्तापूर्वक जीवन जिउनका लागि पहिलो सूत्र साम हो । जसको अर्थ शान्ति र समझदारीले भरिएको बाटो हो । यदि यो तरिकाले काम गर्दैन भने तपाईंं दोस्रो तरिका अपनाउन सक्नुहुन्छ । जसलाई दान भनिन्छ । यसको अर्थ क्षमा दिनुस्, अरूलाई ठाउँ दिनुस् र जे हुँदै छ त्यो हुन दिनुस् । 

यदि मानिसले तपाईंंको यो उदारतालाई पहिचान गर्दैनन् भने तेस्रो काइदा लगाउन सक्नुहुन्छ । जसलाई भेद भनिन्छ । यसको अर्थ तुलना गर्ने र दूरी उत्पन्न गर्ने हो । यदि कोही व्यक्तिले तपाईंंलाई समस्या सिर्जना गर्छ भने पहिले तपाईंं त्यस व्यक्तिसँग कुराकानी गर्नुस् ।

यदि यसो गर्दा काम बन्दैन भने प्रेमपूर्वक ती व्यक्तिलाई उपेक्षा गर्नुस् । उसलाई आफैँ सम्झने अवसर दिनुस् । तपाईंंको उदारता र उपेक्षाले उसलाई गल्ती अनुभव गराउन सक्छ । तर, यदि यसो भएन भने उसलाई भेद गर्नुस् अर्थात् दूरी कायम गर्नुस् । यदि त्यहाँ दुई व्यक्ति छन् भने तपाईंं तीमध्ये एक व्यक्तिसँग थोरै नजिक हुनुस् । यसो गर्नाले दोस्रो व्यक्तिले दूरी अनुभव गर्न थाल्नेछ । उसलाई आफ्नो गल्तीको अनुभव हुन सक्छ । यदि यी सबै कदम असफल हुन्छन् भने अन्तिम कदम बाँकी रहन्छ, दण्ड । 

आन्तरिक सूत्र 
यही चार तरिका तपाईंं आफैँले आफूसँग पनि अपनाउनुस् । आन्तरिक जीवनमा यसको अर्थ केही फरक छ । साम– समानता बनाउने । 

यदि सुखद क्षण आइरहेको छ भने त्यसलाई नियाल्नुहोस् । यदि दुःखद क्षण आइरहेको छ भने त्यसलाई पनि नियाल्नुहोस् । आफूलाई दुवै अवस्थामा समान राख्नुहोस् । दानको अर्थ छाड्नु हो । समस्यालाई छाड्नुहोस् । त्यस्तो विघ्न जसले तपाईंंलाई समानताजस्तो राजसी सिंहासनमा आसीन हुन दिइरहेको छैन । जुन कुराले तपाईंंको मनलाई दुखित बनाइरहेको छ । समस्या बढाइरहेको छ । यस्ता कुराहरू समर्पित गर्नुस् । जब मनले भन्नेछ, ‘तपाईंंले राम्रो गर्नुभयो ।’ तपाईंं खुसीले मात्तिनुहुनेछ । जब मनले भन्नेछ, ‘गलत गर्नुभयो ।’ तब तपाईंं निराश बन्नुहुन्छ ।

नकारात्मक कामले पीडा दिन्छ । तर, यो अवस्था सधैँ रहँदैन । राम्रो कामले खुसी दिन्छ । तर, केही समयपछि त्यो खुसी पनि गायब हुन्छ । हरेक कार्य र त्यसको फल समाप्त हुन्छ । सधैँ रहँदैन । दानको अर्थ दिनु हो र यसमा क्षमा पनि समावेश छ । जब तपाईंको मन कहिले कता कहिले कता भागिरहेको छ भने त्यसलाई भाग्न दिनुस् । पक्रेर नबस्नुस् । शान्त भएपछि पछाडि फर्कनुस् र फेरि फिर्ता लिनुस् ।