१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सन्तोष रुचाल
२०७५ पौष २१ शनिबार १६:३२:००
Read Time : < 1 मिनेट
समाचार

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु

Read Time : < 1 मिनेट
सन्तोष रुचाल
२०७५ पौष २१ शनिबार १६:३२:००

धनकुटाको साँगुरीगढी गाउँपालिकाऽ ३ डुम्रेमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । धरानबाट आङ्ना मौवा तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान बोकेर पाँचथरतर्फ जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ चालक ३५ वर्षीय सञ्जीव पासवानको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । 

मृत्तक चालकको ठेगाना खुल्न सकेको छैन । दुर्घटना पश्चात मृत्तकको शव धनकुटा अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ । तमोर करिडोरअन्तर्गत सडक निर्माण भइरहेकाले कच्ची सडकमा मादक पदार्थ सेवन गरी गाडी चलाएकाे हुँदा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । ट्याक्टर सडकबाट ५० मीटर तल खेतमा खसेको छ ।