१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अनु आचार्य 
२०७५ पौष २१ शनिबार १६:०३:००
Read Time : < 1 मिनेट
समाचार

रसुवाको उत्तरगयाधाममा श्राद्ध गर्ने घुइँचो (फोटोफिचर)

Read Time : < 1 मिनेट
अनु आचार्य 
२०७५ पौष २१ शनिबार १६:०३:००

रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीस्थित उत्तरगयाधाम पौसे औँसीमा शनिबारदेखि श्राद्ध गर्न घुइँचो लागेको छ । धार्मिक एवंम पवित्र त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीर शान्तिको कामना गर्दै ‘जौँ’को पिण्ड दिएर श्राद्ध गर्ने भिड लागेको हो ।

उत्तरगयाधाममा हजारौँ हिन्दु र बौद्ध दुवै धर्मावलम्वीले पितृको नाममा पिण्ड तर्पण गर्ने गरेका छन् । हिन्दु धर्मालम्वीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मालम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुले मन्त्र पढ्ने र बत्ती बाल्ने गरेका छन् ।  

उत्तरगयाको नामले चिनिने वेत्रावतीमा पौषकृष्ण औँसीका दिन पितृलाई पिण्डदान दिएर श्राद्ध गर्नाले पितृ मोक्ष हुने विश्वास रहेको छ । पौष कृष्ण औँसीका दिन वेत्रावतीमा आमाबाबु नभएकाले सके बर्सेनी र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ ।

चार गयामध्ये तीन वटा गया भारतमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने भक्तजनको भनाई छ । श्राद्ध गर्नका लागि रसुवासहित नुवाकोट, धादिङ, कठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्की लगायतका स्थानका मानिसहरु उत्तरगयामा आउने गरेका छन् ।