मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २६ आइतबार १३:४५:००
Read Time : < 1 मिनेट
नयाँCity

बिपीको लेखनीको प्रभावले राजनीतिमा लागेँ : डिला संग्रौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २६ आइतबार १३:४५:००

म यसवेला कानुन बनाउने भूमिकामा छु । त्यसैले, त्यससँग सम्बन्धित किताब र ऐन, कानुन नै बढी पढिरहेकी छु । अन्तर्राष्ट्रिय कानुनी अभ्यासबारे जानकारी बटुलिरहेकी छु ।

यस्तै, पार्टी र संगठन सम्बन्धित किताब तथा विभिन्न सञ्चारमाध्यममा आएका लेख सकेसम्म पढ्ने कोसिस गर्छु । साहित्यिक किताबचाहिँ खासै पढेकी छैन अहिले ।
युवा अवस्था र प्राध्यापन गर्दा किताब निकै पढियो । कक्षामा पढाउन आफूले पनि पढ्नुपर्छ । पछिल्लो समय पूरै समयमा राजनीतिलाई दिँदा समय अभावका कारण सबै खालका किताब पढ्न पाइरहेकी छैन । आफ्नो लेखनशैलीमार्फत मलाई धेरै प्रभाव पारेका लेखक दुईजना हुनुहुन्छ ।

बिपी कोइराला
मैले सबैभन्दा बढी पढेका किताब बिपी कोइरालाकै हुन् । उहाँले सबै विधामा कलम चलाउनुभएको छ । उहाँका प्रायः सबै किताब पढेकी छु । उहाँको लेखनीको प्रभाव मेरो जीवनमा यति धेरै प¥यो कि त्यसैका कारण राजनीतिमा लागेँ । बिपीको योगदान राजनीति मात्रै नभई साहित्यमा पनि अमूल्य छ । उहाँले महिला र न्यायका पक्षमा तथा प्रजातान्त्रिक समाजवादका विषयमा लेख्नुभएको छ ।

सिके प्रसाईं
उहाँको पुस्तक ‘नेपालको सरल राजनीति’ले मलाई धेरै प्रभाव पा¥यो । यो किताबले धेरै ज्ञान दियो । उहाँले यो किताबमा राजनीति सेवा हो भन्नुभएको छ । एउटा राजनीतिज्ञमा कस्तो गुण, चरित्र, संयमता र जवाफदेहिता हुनुपर्छ भनेर उहाँले लेख्नुभएको छ । यी सबै राजनीतिकर्मीले एकपटक पढ्नैपर्ने किताब हो ।