१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७५ पौष २१ शनिबार १४:२९:००
Read Time : < 1 मिनेट
विश्व

राष्ट्रिय सङ्कटको घोषणा गर्ने ट्रम्पको धम्की

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २१ शनिबार १४:२९:००

विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगरे सङ्घीय सरकारको खर्च  राेक्ने धम्की दिएका छन् । डेमोक्र्याट नेताहरूसँग भएको वार्तापछि ट्रम्पलेले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सङ्कटको घोषणा गर्न समेत पछि नहट्ने जानकारी दिए । 

Reuters

मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने रकम कांग्रेसले उपलब्ध नगराउँदा ट्रम्प अाक्राेशित भएका हुन् । अमेरिकामा मेक्सिकोमा पर्खाल बनाउने विवादपछि सरकारी खर्च बन्द भएको तेस्रो साता भइसकेकाे छ । 

गत डिसेम्बर २२ देखि ८ लाख सङ्घीय कर्मचारीले तलब पाएका छैनन् । यस विषयमा संसदले अटेर गरिरहेमा राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गर्दै अघि बढ्ने भनी राष्ट्रपति ट्रम्प चेतावनी दिँदै अाएका छन् ।