मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण २५ शनिबार ११:५९:००
Read Time : < 1 मिनेट
साहित्य

 डङ्गोलको नियात्राकृति ‘यात्राका पाइला’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण २५ शनिबार ११:५९:००

नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्राकृति ‘यात्राका पाइला’ सार्वजनिक भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच सो कृति सार्वजनिक भएको हो । 

लामो समयदेखि पर्यटन व्यवसायमा रहेका डङ्गोलले  साहसिक पदयात्री एवम आरोहीप्रति उक्त पुस्तक समर्पण गरेका छन्। उनले लेखेका छन् ‘ती साहसिक पदयात्री एवम आरोहीहरु जसले यात्राका सिलसिलामा आफ्नो अमूल्य जीवन उत्सर्ग गरे ।’

डङ्गोल आफू स्वयम पदयात्री भएको र आफूले गरेका हरेक यात्रा संस्मरणहरुलाई साहित्यको माध्यामबाट नियात्रामा उतारेका हुन् । कार्यक्रममा साहित्यकार तुलसी दिवश, माया ठकुरी, श्रीहरि फुयाँल, युवराज नयाँघरे, भिष्म उप्रेती, राम लोहनी,आरएम डंगोल तथा पर्यटन व्यवसायी दिपक महत र कर्ण शाक्य लगायतले कृतिमाथि आ–आफ्नो भनाइ राखेका थिए ।