मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पुरुषोत्तम गिरी
२०७५ पौष २१ शनिबार १४:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सुन्तलाले गाउँ पहेँलपुर [फोटोफिचर]

Read Time : < 1 मिनेट
पुरुषोत्तम गिरी
२०७५ पौष २१ शनिबार १४:३०:००

सल्यानको वागचौर नगरपालिका ८ र ९ कोटमौलाका गाउँ अहिले सुन्तला पाकेर पहेलपुर देखिन्छ । वर्षेनी सुन्तलाबाट लाखौँ आम्दानी गर्दै आएका स्थानीय किसानको बारीमा बोटै ढाकिने गरी सुन्तला लटरम्म फलेका छन् । 

गत वर्ष ३५ करोड भन्दा बढिको सुन्तला बिक्री भएको सल्यानमा यस वर्षपनि त्यही हाराहारीमा बिक्री हुने अनुमान छ । 

सुन्तला अवलोकनको लागि र बोटबाटै टिपेर लैजाने भन्दै दैनिक सय भन्दा बढी ग्राहक आउने गरेको वागचौर ९ कोटमौलाका अध्यक्ष मोहन चन्दले बताए । 

सल्यानको कोटमौलामा व्यावसायीक सुन्तला खेती गरिरहेका किसाहरुले राम्रो आम्दानी लिने गरेका छन । प्रत्येक किसानले वार्षीक १० देखि ३५ लाखसम्म आम्दानी गर्ने गरेको वागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताए ।